नेपाल योग खेलकुद संघको आयोजनामा प्रथम दक्षिण एसियाली योगा च्याम्पियनसिप आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रममा मन्त्री श्रीपालीले युवा र खेलकुदलाई जोडेर योगको कार्यक्रम अगाडि बढाउने मन्त्रालयको सोच रहेको बताए । विश्व योगा खेलकुद महासंघकी अध्यक्ष राज श्री चौधरीले मानिसलाई तन्दरुस्त राख्न र स्वच्छ विचार जगाउन योग उपयोगी माध्यम भएको धारणा व्यक्त गरिन् ।