युरोपा लिग अन्तर्गत हिजो भएको दोस्रो लेगको खेलमा अतिरिक्त समयको सदुपयोग गर्दै म्यानचेष्टर युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ। मार्कुस रासफोर्डले १-१ गोलको बराबरी नतिजालाई जितमा बदलन १०७औं मिनेटमा निर्णायक गोल गरेका थिए । पहिलो लेगमा १-१ को बराबरी खेलेको युनाइटेडले दोस्रो लेगमा एन्डरलेक्ट विरुद्ध २-१ को जित हात पार्दै समग्रमा ३-२ को नितजा निकालेको हो ।