अध्यात्म पृष्‍ठ
प्रमुख समाचार
 

‘आत्माको सर्वव्यापकता’आद्य जगद्गुरु शंकराचार्य!

ब्रह्ममुहूर्तको समय थियोl आद्य जगद्गुरु शंकराचार्य गंगा-स्नान गरेर आउँदै थिएl पवित्र वेद-मन्त्रको उच्चारण गर्दै आफ्नो आश्रमतर्फ बढिरहेका थिएl एकजना तल्लो जातको व्यक्ति सड़कमा झाड़ू लगाइरहेको थियोl ऊ बाहिरबाट हेर्दा मैलो वस्त्र लगाएको फोहोरी देखिन्थ्योl जनता-जनार्दनको सेवा पूरा निष्ठाले गर्दथ्यो, यस कार्यलाई उसले भगवानकै सेवा मान्दथ्योl जुन कर्म उसलाई प्राप्त भएको थियो, उसलाई गर्नमा न त उसको मनमा घृणा थियो र न कुनै उदासीनता नैl ऊ कर्ममा नै भगवानको दर्शन गर्थ्यो