आस्था बिशेष पृष्‍ठ
प्रमुख समाचार
 

‘झरनाको पानी’ बोधकथा !

तथागत बुद्ध आफ्नो प्रिय शिष्य आनंदसंग कहीं जाँदै हुनुहुन्थ्योl वनमा धेरै लामो यात्रा गरिसकेपछि उहाँलाई प्यास लाग्योl पानी पिएर विश्राम गर्नको लागी उहाँ एउटा वृक्षमुनि बस्नुभयोl आनंद पानी लिन भनी नजिकैस्थित झरनामा गएl तर झरनाको पानी जंगली पशुहरुको कारण अत्यंत दूषित भएको थियोl जंगली पशुहरुले आवत-जावत गरेको कारण झरनाको पानीमा सड़े-गलेका पातहरु माथी आएका थिएl पानी दूषित भएको देखेर आनंद पानी नलिईकन वापस फर्केl